केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्यानको बोर्ड बैठकले सन्दीपलाई सेन्ट्रल कन्ट्राक्टमा राख्ने निर्णय

सहयात्रा टिभी

काठमाडौँ । असार २१, नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट) मा राख्ने निर्णय गरेको छ ।

बिहीबार काठमाडौंमा बसेको बोर्ड बैडकले सन्दीपलाई ए ग्रेडमा राख्ने निर्णय गरेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

क्यानले बोर्ड बैठकमा गरेको निर्णयहरू केही समयमा सार्वजनिक गर्ने चन्दले जनाए । बलात्कारको मुद्दा लागेसँगै सन्दीप २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणमा थिएनन् ।

 

प्रकाशित : 5 July, 2024

प्रतिक्रिया दिनुहोस्