सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सहयात्रा टिभी

काठमाडौं । असार २६, आज बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ४५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधबार पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी, यो दिन तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 10 July, 2024

प्रतिक्रिया दिनुहोस्