२०२४ को दोस्रो सेमिफाइनलमा कोलम्बिया र उरुग्वेबीच प्रतिस्पर्धा हुँदै

सहयात्रा टिभी

काठमाडौं । असार २६, अमेरिकामा जारी कोपा अमेरिका २०२४ को दोस्रो सेमिफाइनलमा कोलम्बिया र उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खेल नेपाली समय अनुसार बिहीबार बिहान ५स्४५ बजे नर्थ क्यारोलिनास्थित ब्याङ्क अफ अमेरिका स्टेडियममा हुनेछ ।

कोलम्बिया र उरुग्वे दुवै टिम लयमा छन् । यस संस्करण कोपामा लयमा रहेको कोलम्बिया लगातार २७ खेलसम्म अपराजित छ ।

उता अर्जेन्टिनासँगै सर्वाधिक १५ पटक कोपा उपाधि जितेको उरुग्वे कीर्तिमानी १६औं उपाधि जित्ने लक्ष्यमा छ ।

कोलम्बिया र उरुग्वेबीचको विजेताले फाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिनाले पहिलो सेमिफाइनलमा क्यानडालाई हराएर फाइनलम स्थान बनाइसकेको छ ।

उरुग्वे क्वाटरफाइनलमा अर्को उपाधि दाबेदार ब्राजिललाई पराजित गरेको थियो । जसले गर्दा उरुग्वेको मनोबल पनि उच्च छ ।

ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दा उक्त खेलमा उरुग्वेले २६ फल गरेको थियो । जसले गर्दा ब्राजिललाई रोड्रिगोलाई फल गर्दा उरुग्वेका नाहितान नान्डेजले रातो कार्ड पाएका थिए ।

उरुग्वेका प्रशिक्षक मार्सेलो बिएल्साले आफ्नो टिम अट्यकिङ फुटबल खेल्न कुनै सम्झौता नगर्ने बताएका छन् । ‘फुटबल प्रतिस्पर्धा हो र हामी जे मा बेस्ट छौं त्यही नै लागू गर्न प्रयास गर्छौं,’ बिएल्साले भनेका छन् ।

उरुग्वेका नाहितान नानडेजले फाइनल खेल खेल्न पाउने छैनन् भने डिफेण्डर रोनाल्ड अराउजोले क्वाटरफाइनमला चोट लागेपछि सबै खेल गुमाउने छन् ।

अर्कोतर्फ कोलम्बियाले पानामालाई ५-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । कोलम्बया २३ वर्षपछि कोपा उपाधि जित्ने योजनामा छ । कोलम्बियाले अहिलेसम्म २००१ मा एक पटक कोपा जितेको थियो । नहाँ कोलम्बियाले मेक्सिकोलाई फाइनलमा पराजित गरेको थियो ।

 

प्रकाशित : 10 July, 2024

प्रतिक्रिया दिनुहोस्