केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनचाँदीको मूल्य बढ्यो, कतिमा कारोबार ?

सहयात्रा टिभी

काठमाडौं । असार २७, नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार नौ सय र तेजावी सुन १ लाख ४४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार एक सय र तेजावी सुन १ लाख ४३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : 11 July, 2024

प्रतिक्रिया दिनुहोस्