चितवन बस दुर्घटना : खोजी कार्य शुरु

सहयात्रा टिभी

काठमाडौं । असार २८, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगि उद्दार कार्य शुरु गरेको छ । घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन बाट बाट ४५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालबाट ७ जना गोताखोर सहित २५ जना परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालका सह(प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।

आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् ।

प्रकाशित : 12 July, 2024

प्रतिक्रिया दिनुहोस्