प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । साउन २,प्री ओपन सेसनमा आज नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। अघिल्लो कारोबार दिन मंगलबार ७० अंक बढीले बढेको नेप्से परिसूचक आज यो सेसनमा १३.०८ अंकले बढेर २३२३.६७ विन्दुमा पुगेर बन्द भएको छ।

सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.३० अंकले बढेको छ। प्री ओपन सेसनमा ८५ स्टकको २७ हजार ७६ कित्ता सेयर ७३ लाख ५९ हजार ९७७ रुपैयाँमा खरिदबिक्री भएको छ।
जसमध्ये ६८ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने यो समयमा स्थिर रह्यो।

प्रकाशित : 17 July, 2024

प्रतिक्रिया दिनुहोस्