न्यूराेडमा फुटपाथ विस्तारको विराेध गर्दै स्थानीय र व्यापारीले गरे अवराेध

सहयात्रा टिभी

काठमाडौँ । साउन ४, काठमाडाैंकाे न्यूराेडमा फुटपाथ विस्तार गर्न न्यूरोडका व्यवसायी र स्थानीयबासीले अवराेध गरेका छन् ।

न्यूरोडमा फुटपाथ बढाउन नहुने भन्दै उनीहरु प्रर्दशनमा उत्रिएका हुन् । उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरले बुधबारबिहानदेखि न्यूरोड नयाँ सडकमा फुटपाथको काम सुरु गरी कालोपत्रे भत्काउन सुरु गरेको थियो ।

तर स्थानीय र व्यापारीहरुले न्यूरोडमा सडक घटाएर फुटपाथ बढाउन नहुने भन्दै महानगरविरुद्ध प्रर्दशन गरेका हुन् । अहिले ठूलो संख्यामा प्रहरी र नगरप्रहरी परिचालन गरिएको छ । यसअघि महानगर न्यूरोडको सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रकिया अगाडि बढाएको थियो । त्यतिबेला पनि न्यूराेडका स्थानीय र व्यापारीहरुले अवराेध गरेका थिए । स्थानीय र व्यापारीकाे अवराेधकैबीच महानगर काम सुरु गरी कालोपत्रे समेत काटेर काम सुरु गरिसकेको थियो ।

तर सडक डिभिजन काठमाडौंले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै सामान जफत गरी फुटपाथ विस्तारमा रोक लगाएको थियो । महानगरले फुटपाथ बिस्तारको लागि काटेको सडक समेत सडक डिभिजनले पुन: पुरेर पीच गरेको थियो ।

प्रकाशित : 19 July, 2024

प्रतिक्रिया दिनुहोस्