घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सहयात्रा टिभी
काठमाडौं । साउन ६, आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य गत शुक्रबारको तुलनामा तोलामा १ हजार ३ सय रूपैयाँले घटेर १ लाख ४६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ४५ हजार ५ सय रूपैयाँ कायम भएको छ । यस्तै, आइतबार चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।