प्री ओपन सेसनमा नेप्से परिसूचक ४.०३ अंकले बढ्यो
सहयात्रा टिभी
काठमाडौँ । साउन १०, प्री ओपन सेसनमा नेप्से परिसूचक ४ अंक बढीले बढको छ। साताको अन्तिम सेयर कारोबार दिन बिहीबार प्री ओपन सेसनमा नेप्से परिसूचक ४.०३ अंकले बढेर २५४०.१४ विन्दुमा पुगेको छ।
यो समयमा ६५ स्क्रिप्सको १४ हजार ८२५ कित्ता सेयर ६९ लाख ७२ हजार ८७ रुपैयाँमा खरिदबिक्री भए। प्री ओपन सेसनमा ४२ स्टकको मूल्य बढ्दा १३ वटाको घट्यो भने १० वटाको मूल्य भने स्थिर रह्यो।