पहिलो महिला मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त

काठमाडौँ । साउन १०, लीलादेवी गड्तौला नेपाल सरकारको मुख्यसचिव नियुक्त भएकी छिन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायममुकायम मुख्यसचिव रहेकी लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय भएको हो ।
उनी नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छिन् । गड्तौला आगामी १५ भदौमा अवकाश हुनेछिन् ।
५८ वर्षे उमेर हदका कारण गड्तौला अवकाशमा जानेछिन् । तर, त्यसभन्दा अघि करिब एक महिनाभन्दा बढी उनले मुख्यसचिवका रुपमा कार्यभार सम्हाल्नेछिन् ।
३१ असारमा बसेको बसेको केपी ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले हाल निमित्त मुख्यसचिव रहेकी गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको थियो ।