बाग्मतीमा पुनः मन्त्रिपरिषद् विस्तार

सहयात्रा टिभी

मकवानपुर । साउन १२, बाग्मती प्रदेश सरकारले शनिबार पुनः मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेसको तर्फबाट ४ जना मन्त्री थपेका हुन् । उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथ गराएको छन् ।

विस्तारित मन्त्रिपरिषद्अनुसार हरिप्रभा खड्गीलाई सामाजिक विकास मन्त्रालय , सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विमल ठकुरी संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय तथा मिनकृष्ण महर्जनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

कांग्रेसका मन्त्रीहरुको जिम्मेवारी समेत तोकिएको छ । युवा नेता कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालय र श्याम खड्काले खानेपानी उर्जा तथा सिचाईं मन्त्रालयको जिम्मेवारी तोकिए छ । यो सँगै वाग्मतीमा मन्त्रीको संख्या १४ पुगेको छ । वाग्मतीमा कांग्रेसका सांसद मधुकुमार श्रेष्ठ विनाविभागीयमन्त्रीको रुपमा रहेका छन् । वाग्मतीमा १३ मन्त्रालय रहेका छन् । अब एउटा मन्त्रालय विभाजन हुनेछ । केन्द्रीय सत्ता समीकरणअनुसार प्रदेशमा कांग्रेस र एमालेले सत्ता सहकार्य भएको हो ।

प्रकाशित : 27 July, 2024

प्रतिक्रिया दिनुहोस्