प्रधानमन्त्री ओलीको आईटी विज्ञमा असगर अली नियुक्त

सहयात्रा टिभी

काठमाडौं । साउन १३, सूचनाप्रविधि विद् असगर अली प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि (आईटी) विज्ञ नियुक्त भएका छन् ।

उनी अवैतनिक अर्थात् सेवा सुविधा नलिने गरी सचिस्तरको विज्ञ पदमा नियुक्त भएका हुन् ।

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधिअनुसार अलीले नियुक्ति बुझेर काम थालिसकेको प्रधानमन्त्री निकट स्रोतले बतायो । २०७४मा ओली प्रधानमन्त्री हुँदा पनि अली सूचना प्रविधि विज्ञ थिए ।

त्यतिबेला प्रधानमन्त्री कार्यालयमा एक्सन रुम बनाउने, मन्त्रालयहरुको कार्यसम्पदन मूल्यांकन गर्ने प्रणाली विकास गर्ने र नागरिक एप बनाउनेसहितको काममा उनले भूमिका निभाएका थिए ।

तर, ती प्रविधिहरु प्रयोग गर्ने र सेवा प्रवाहलाई डिजिटल माध्यममा आधारित बनाउन प्रधानमन्त्रीहरूले खासै रुची देखाएका थिएनन् ।

 

 

प्रकाशित : 28 July, 2024

प्रतिक्रिया दिनुहोस्