ग्लोबल टी-२० मा दीपेन्द्रको आक्रामक ब्याटिङ, सन्दीपको प्रदर्शन मध्यम
काठमाडौँ । साउन १४, क्यानडामा जारी ग्लोबल टी-२० क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोली अलराउन्डर दीपेन्द्रसिंह ऐरी आक्रामक ब्याटिङ गरेका छन् ।
गए राती भएको खेलमा मोन्ट्रियल टाइगर्सविरुद्ध दीपेन्द्रले आक्रामक ब्याटिङ गरेका हुन् । उनले १५ बलमा ३० रन जोडे । उनले ३ चौका र एक छक्कासहित ३० रनमा अविजित रहे । बलिङमा मध्यम प्रदर्शन गरेका सन्दीप लामिछाने पनि एक रनमा अविजित रहे । सन्दीपले बलिङमा एक विकेट लिएका थिए । ४ ओभर बलिङ गरेका सन्दीपले २४ रन खर्चेर १ विकेट लिएका हुन् ।
दीपेन्द्र र सन्दीप सम्मेलित भेनकुभर नाइट्सले भने तेस्रो हार बेहोरेको छ । मोन्ट्रियल टाइगर्ससँग १० रनले पराजित भएको हो । जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको भेनकुभर २० ओभरमा ६ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । त्यसअघि पहिला ब्याटिङ गरेको मोन्ट्रियल टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो ।