गोरखाको चुम्चेत लघुजलविद्युत आयोजनामा बाढीले क्षति

सहयात्रा टिभी

काठमाडौं । साउन १४, बर्षाका कारण उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्लिङस्थित चुम्लिङ चुम्चेत लघुजलविद्युत आयोजनामा क्षति पुगेको छ ।

७५ किलोवाट क्षमताको उक्त आयोजनामा शनिबार रातिको बाढीले क्षति पुर्‍याएको वडाध्यक्ष सरोज लामाले बताए । ‘चमारी हिमालबाट झरेको खोलामा बाढी आएर ड्याम नै बगायो’, उनले भने, ‘जमिन सहित कुलो र पाइपहरु पनि सबै बगाएको छ ।’

सो क्षेत्रमा अहिले विद्युत सेवा अवरुद्ध भएको र चुम्चेतको लोक्पा गाउँबाहेक वडाका सबै गाउँ अहिले अन्धकार बनेको लामाले बताए ।

२०७९ सालमा कादुरी नामक संस्थाले उक्त आयोजना निर्माण गरेको थियो । आयोजनाबाट वडा नम्बर ६ का करिव २५० घरधुरीले बिजुली बाल्दै आएका थिए ।

 

प्रकाशित : 29 July, 2024

प्रतिक्रिया दिनुहोस्