पेरिस ओलम्पिकमा जुडोकी मनिता श्रेष्ठ प्रधान पराजित

सहयात्रा टिभी

काठमाडौं । साउन १४, नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक–२०२४ को महिला ५७ केजीमुनि तौलसमूहमा सोमबार पराजित भएकी छन् ।

इलिमिनेसन राउन्ड अफ ३२ को प्रतिस्पर्धामा ‘म्याट’ मा १ मिनेट ०२ सेकेन्ड बिताएकी मनिता इप्पोनका आधारमा पराजित भएकी हुन् ।

पेरिसस्थित च्याम्प डि मार्स एरिनामा भएको खेलमा सर्बियाकी मरिका पेरिसिकले मनितालाई १०–० अंकले पन्छाइन् ।

दस वर्षको उमेरदेखि जुडो करियर सुरु गरेकी २५ वर्षीया मनिताले १२औं र १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा रजतका साथै अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जितेकी छन् ।

मनिताले इन्डोनेसियाको जकार्ता(पालेम्वाङ तथा चिनको हाङझावमा भएको क्रमशः १८औं र १९औं एसियाली खेलकुद तथा ३ विश्व जुडो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिसकेकी छन् ।

ओलम्पिक छात्रवृत्ति प्राप्त मनीताले पेरिस ओलम्पिकमा सहभागी हुनुअघि पेरिस ओलम्पिकलाई नै मध्यनजर गरी विभिन्न ४ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी थिइन् ।

 

 

प्रकाशित : 29 July, 2024

प्रतिक्रिया दिनुहोस्