सुनको मूल्यमा सामान्य गिरावट
सहयात्रा टिभी
काठमाडौं । साउन १५, सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार १०० रुपैयाँ कायम भएकोमा मंगलबार मात्र १०० रुपैयाँ घटेर १ लाख ४६ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसैबिच सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएकोमा मंगलबार १ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।