नेपाली पौडीबाज एलेक्सले पेरिस ओलम्पिकमा राष्ट्रिय कीर्तिमान तोडे

सहयात्रा टिभी

काठमाडौं । साउन १५, नेपाली पौडीबाज एलेक्जेन्डर शाह पेरिस ओलम्पिकमा आफ्नै नामको राष्ट्रिय कीर्तिमान तोडेका छन् ।

पुरुष १०० मिटर फ्रि–स्टायलमा प्रतिस्पर्धा गरेको एलेक्सले हिट ३ मा प्रतिस्पर्धा गरेका एलेक्स समूहमा तेस्रो भएका थिए । उनले ५१.९१ सेकेन्डको समय निकाल्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान तोडेका हुन् ।

एलेक्सले वाइल्ड कार्ड कोटामै पेरिस ओलम्पिक खेल्ने पक्का गरेका हुन् । उनले २०२० को टोकियो ओलम्पिक पनि खेलेका थिए ।

उनको यो दोस्रो ओलम्पिक हो । उनले गत फेब्रुअरीमा कताको दोहामा भएको वल्र्ड च्याम्पियनसिपमा ५२.१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

सन् २०२१ मा भएको टोकियो ओलम्पिकको उद्घाटन समारोहमा उनले नेपालको झण्डा बोकेका थिए । त्यसबेला पनि एलेक्सले १०० मिटर फ्रिस्टाइलमै प्रतिस्पर्धा गरेका थिए । त्यसबेला एलेक्सले ५३.४१ सेकेण्डको समय निकालेका थिए ।

एलेक्सले सन् २०१९ मा दक्षिण कोरियामा भएको वल्र्ड च्याम्पियनसिप मार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका थिए । टोकियो ओलम्पिक मार्फत ओलम्पिकमा डेब्यु गरेका एलेक्सले सन् २०१९, २०२३ र २०२४ गरी तीन पटक वर्ल्ड च्याम्पियनसिप र २०२२ को एसियन गेम्समा सहभागिता जनाइसकेका छन् ।

 

 

प्रकाशित : 30 July, 2024

प्रतिक्रिया दिनुहोस्