एकै दिन तोलामा १८ सयले बढ्यो सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । साउन १६, बुधबार नेपाली बजारमा सुनको मूल्य आकासिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १८ सय रुपैयाँले बढ्दै १ लाख ४७ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा १८ सय रुपैयाँले नै बढ्दै १ लाख ४७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलमा ४० रुपैयाँले बढ्दै १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : 31 July, 2024

प्रतिक्रिया दिनुहोस्