नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने

सहयात्रा टिभी

काठमाडौं । साउन १७, नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा बन्द हुने जनाएको छ ।

बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा बन्द हुने जनाएको हो । अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिने जनाएको छ ।

प्रकाशित : 1 August, 2024

प्रतिक्रिया दिनुहोस्