तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
सहयात्रा टिभी
काठमाडौं । साउन १७, नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा २० रुँपैयाले बढेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।