बाघको आक्रमणबाट कञ्चनपुरमा एकजनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । साउन १७, कञ्चनपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

दोधारा चाँदनी नगरपालिका-२, कमलसा टोलमा बाघको आक्रमणबाट २३ वर्षीय हिरा शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता डीएसपी उमेश जोशीले जानकारी दिए ।

खेतमा धान गोडिरहेको अवस्थामा बाघले एक्कासी आक्रमण गरे उनलाई घिसार्दै लगेको प्रहरीको भनाइ छ ।

स्थानीयले खबर गर्ना साथ प्रहरी टोली खोजतलासका लागि जाँदा नजिकै रहेको उखुबारीमा मृत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि दोधाराचाँदीनस्थित अस्पतालमा राखिएको छ ।

प्रकाशित : 1 August, 2024

प्रतिक्रिया दिनुहोस्