नेप्से २७९६ अंकमा पुग्यो
काठमाडौँ । साउन २१, सेयर बजार सोमबार २७९६ अंकमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ४०.७६ अंक बढेको हो ।
कुल २१ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । १६३ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १ को स्थिर रह्यो ।
होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ६.६९ प्रतिशत बढ्यो । त्यस्तै अन्य ५.७३, हाइड्रोपावर ३.०९, लगानी ३.५२, जीवन बीमा ३.२३, निर्जीवन बीमा १.२५ प्रतिशत बढे ।
रुरु जलविद्युत्, सीईडीबी हाइड्रोपावर, सगरमाथा जलविद्युत्, कुथेली बुकरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर, माथिल्लो मैलुङखोला, भिजन लुम्बिनी ऊर्जा, मुक्तिनाथ कृषि कम्पनी, सिटी होटल, माउन्टेन हाइड्रो नेपाल, हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।
नेपाल फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सानिामा माइ हाइड्रोपावर, शिवम् सिमेन्ट र माउन्टेन इनर्जी क्रमशः अगाडि रहे ।