सिमलताल दुर्घटना : अध्ययन कार्यदलले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

सहयात्रा टिभी

काठमाडौँ । साउन २२, चितवनको नारायणगढ–मुग्लिन सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै त्रिशुलीमा वेपत्ता दुई बस र यात्रुबारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउने भएको छ ।

खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी
भरतपुर(चितवन),२९ असार :
चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालको पहिरोका कारण बेपत्ता दुई बस र यात्रुको खोजीका लागि शनिबार त्रिशूली नदीमा खटिएका सुरक्षाकर्मी । तस्बिर: कृष्ण आचार्य/रासस

आज दिउँसो साढे १ बजे गृहमन्त्री लेखकलाई कार्यदलले प्रतिवेदन बुझाउने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । गृहमन्त्री लेखकले सो दुर्घटनाबारे अध्ययन गर्न सहसचिव छवि रिजालको नेतृत्वका तीन सुरक्षा निकायबाट तीन जना, भौतिक मन्त्रालयबाट एक जना गरी ५ जनाको कार्यदल गठन गरेका थिए ।

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको छन्। दुई बसमा सवार ६५ यात्रुमध्ये तीन जनाले हामफालेर ज्यान जोगाएका थिए भने २४ जनाको शव फेला परेको थियो । अझै दुई बस र बसमा सवार ३८ यात्रूको अवस्था अज्ञात रहेको छ ।

 

प्रकाशित : 6 August, 2024

प्रतिक्रिया दिनुहोस्