बाल्टिनमा भएको पानीमा डुबेर भक्तपुरमा ११ महिने बालिकाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । साउन २२, भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तापोलमा बाल्टिनमा भएको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएर भक्तपुर बस्दै आएकी गीता बस्नेतकी छोरी नेलिस्ता बस्नेतको मृत्यु भएको हो । सोमबार साँझ बाल्टिनमा रहेको पानीमा डुबेर उनी घाइते भएकी थिइन् ।

उपचारको क्रममा ख्वप अस्पताल च्यामासिंहमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 6 August, 2024

प्रतिक्रिया दिनुहोस्