ढुंगासहितको पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध

सहयात्रा टिभी

काठमाडौँ । साउन २३, चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

नाग्दी खोला भन्ने स्थानमा ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार दुई तर्फी नै सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सवारी साधन र तिनमा सवार यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।

पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

 

 

 

 

प्रकाशित : 7 August, 2024

प्रतिक्रिया दिनुहोस्