प्रतिनिधिसभाको कानुन समितिबाट टीआरसी विधेयक पास

सहयात्रा टिभी

काठमाडौं । साउन २४, प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत पास गरेको छ ।

समितिको बुधबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गर्ने निर्णय गरेको हो ।

बैठकमा सहमति जुट्न नसकेको विषयमा तीन दलीय कार्यदलले जुटाएको सहमतिअनुसार कानुन समितिले प्रस्ताव पेश गरेको थियो ।

प्रस्तावमाथि छलफपछि सभापति विमला सुवेदीले विधेयक सर्वसम्मत पास भएको घोषणा गरिन् ।

 

 

 

प्रकाशित : 8 August, 2024

प्रतिक्रिया दिनुहोस्