भक्तपुरमा आज नागपञ्चमी पर्व परम्परा अनुसार पूजा गरी मनाइँदै

सहयात्रा टिभी

काठमाडौं । साउन २५, प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ ।

नागपञ्चमीको अवसरमा नागदह, नागस्थान लगायतमा पूजा गर्ने चलन छ । यही चलन अनुसार काठमाडौं भक्तपुरको नागदहमा पनि श्रद्धालुहरुको घुइँचो छ ।

श्रद्धालुहरुले नागको चित्र वा प्रतिमामा फूल, अक्षता, दूध चढाएर पूजा गर्दछन् । घरको मूल ढोकामा नागको चित्र पनि टाँस्छन् ।

यसो गर्दा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।

यही विश्वासको साथ हरेक वर्ष भक्तपुरको नागदह, काठमाडौंको नागपोखरी र टौदहमा पूजा गर्नेहरुको घुइँचो लाग्दछ ।

 

 

 

 

 

प्रकाशित : 9 August, 2024

प्रतिक्रिया दिनुहोस्