रास्वपाद्धारा संसदीय दलको कार्यलयमा बैठक बोलायो

सहयात्रा टिभी

काठमाडौं । साउन २८, राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बोलाएको छ । मंगलबार विहान १०:३० बजे  बस्ने गरी बैठक बोलाइएको छ ।

बैठकमा छलफलका लागि पाँच एजेण्डा रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक, राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ ।

बैठकमा छलफलका थप एजेण्डामा प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको बिधेयकहरू सम्बन्धि, कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालिन न्याय सम्बन्धी विधेयक र विविध छन् ।

 

 

 

 

प्रकाशित : 12 August, 2024

प्रतिक्रिया दिनुहोस्