प्रि-ओपन सेसनमा दोहोरो अंकले बढ्यो नेप्से

सहयात्रा टिभी

काठमाडाै । साउन २९, साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रि-ओपन सेसनमा १६ अंकले बढेको छ । मंगलबार सेयर कारोबार खुल्नु अघिको प्रि-ओपन सेसनमा १६.०४ अंकले बढेर २९४७.७० को बिन्दुमा कायम भएको हो।

प्रि-ओपन सेसनमा ८८ हजार ९७८ कित्ता सेयरको खरिदबिक्रीमा ४ करोड १२ लाख ५२ हजार रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन सोमबार मात्रै ७० अंकले बढेको बजारमा २७ अर्ब रुपैयाँको कारोबार भएको थियो ।

प्रकाशित : 13 August, 2024

प्रतिक्रिया दिनुहोस्