सेयर बजारको परिसूचक नेप्से घट्यो
काठमाडौं । साउन २९, मंगलबार सेयर बजारको परिसूचक नेप्से घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन ८.१८ अंकले नेप्से घटेसँगै २९२३ अंकमा कायम भएको छ ।
कुल २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । ८० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ६ को स्थिर रह्यो ।
यस दिन बैंकिङ ०.४५, फाइनान्स १.५७, जीवन बीमा ०.५४ तथा व्यापार समूह ०.०६ प्रतिशत बढे । मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर, गुडविल फाइनान्स, न्यादी हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
नेपाल फाइनान्सको मूल्य ९.९ प्रतिशत घट्यो । सगरमाथा जलविद्युतको ७.१, आत्मनिर्भर लघुवित्तको ६.९, मैलुङखोला जलविद्युतको ६ तथा अभियान लघुवित्तको मूल्य ४.५ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, अपी पावर तथा अरुणभ्याली हाइड्रोपावर क्रमशः अगाडि रहे ।