अरुण नदीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन अनुरोध
सहयात्रा टिभी
संखुवासभा । साउन ३०, संखुवासभास्थित अरुण नदीमा पानीको बहाव बढेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले फाक्सिन्दा दोभान स्थित अरूण नदिमा पानीको बहाब बढेको जनाएको छ ।

डाईभर्सन टनेलबाट जाने पानी ओभरफ्लो भएर ड्याम निर्माण क्षेत्रबाट बगिरहेकाले नदी आसपासका बासिन्दाहरूलाई थप सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।


