सेयर बजारको परिसूचक नेप्से ३४.२९ अंक बढ्यो
सहयात्रा टिभी
काठमाडौं । साउन ३०, बुधबार सेयर बजारको परिसूचक नेप्से ३४.२९ अंक बढेको छ ।
सो अंकको वृद्धिपछि नेप्से २९५७ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन २१ अर्ब ५१ करोडको कारोबार भएकोमा आज २३ अर्ब ४३ करोडको भयो ।
यस दिन सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मातृभूमि लघुवित्त, एचआईडीसीएल, माउन्टेन हाइड्रो नेपाल, हिमालयन हाइड्रोपावर, इङ्गा हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर, गुडविल फाइनान्स, अपी पावरको मूल्य १० प्रतिशत बढ्यो ।
मञ्जुश्री फाइनानसको ९.८, थ्रीस्टार हाइड्रोपावरको ९.८ तथा बेस्ट फाइनान्सको मूल्य ८.५ प्रतिशत बढ्यो ।