कालीमाटीमा अधिकांश तरकारीको भाउ घट्यो तर बजारमा महँगी कायमै, तरकारी र फलफूलको मूल्यसूची

सहयात्रा टिभी

काठमाडौं । साउन ३१, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज बजारमा काउली, ब्रोकाउली, तने बोडी मूलालगायतका तरकारीको भाउ सामान्य बढेको भए पनि अन्य तरकारीको भाउ घटेको छ । तर, बजारमा भने अधिकांश तरकारीको मूल्य घट्न सकेको देखिदैन ।

कालीमाटीमा ठुलो गोलभेडा प्रतिकेजी ९५ रुपैयाँ पुगेको भए पनि लोकल गोलभेडा घटेर ४५ र टनेल गोलभेडा ६१ रुपैयाँमा झरेको छ । यद्यपि बजारमा भने गोलभेडाको भाउ प्रतिकेजी १ सय रुपैयाँदेखि १२० रुपैयाँसम्ममा खरिद बिक्री भइरहेको छ ।

त्यस्तै, रातो आलु प्रतिकेजी ६७ रुपैयाँ ६७ पैसा, भारतीय रातो आलु ५७ रुपैयाँ, मुडेको रातो आलु ५९ रुपैयाँ रहेको छ भने सुकेको प्याज सामान्य बढेर ९७ रुपैयाँ ६७ पैसा र लोकल गाजर ११० रुपैयाँ पुगेको छ । यसैगरी, तराई गाजरको भाउ घटेर ८५ रुपैयाँ, लोकल बन्दा ७५ रुपैयाँ, तराई बन्दा ५५ र�

प्रकाशित : 15 August, 2024

प्रतिक्रिया दिनुहोस्