बेचन झालाई लागेका आरोपमाथि आजबाट थुनछेक बहस सुरु

सहयात्रा टिभी

काठमाडौं । साउन ३१, भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई लागेका आरोपमाथि आजबाट थुनछेक बहस सुरु हुँदै छ ।

थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश हुने छ । उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।

प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो ।

अदालतमा दायर अभियोग पत्रमा समावेश झाको बयानमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको जिकिर गरेका छन् । सरकारी वकिलको रोहबरमा प्रहरीसँग उनले इन्कारी बयान दिएका हुन् ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई केही थाहा नभएको बताएका थिए ।

अनुसन्धानका क्रममा अर्का आरोपी रामशरण केसीले झाको नाममा काटिदिएको दुई करोड रुपैयाँको चेक पनि प्रहरीले बरामद गरेको थियो । बेचनले त्यसबारे पनि आफूलाई थाहा नभएको बताएका छन् ।

 

प्रकाशित : 15 August, 2024

प्रतिक्रिया दिनुहोस्