रास्वपाको केन्द्रीय समिति बैठक सुरु

सहयात्रा टिभी

काठमाडौं । भदौ ५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा राष्ट्रिय भेलासहितका विषयमा छलफल हुने रास्वपा नेता मनिष झाले जानकारी दिएका छन् ।

उनका अनुसार बैठकमा कर्णाली विशेष अभियान र सबै प्रदेशमा पार्टी सभापतिको समेत उपस्थितिमा हुने कार्यक्रमबारे छलफल हुनेछ । बैठकबाट संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनको तयारी गरिएको छ । केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि, स्थानीय तह उपनिर्वाचन, संविधान दिवसको कार्यक्रमसहितका विषयमा छलफल हुने झाले बताएका छन् ।

 

प्रकाशित : 21 August, 2024

प्रतिक्रिया दिनुहोस्