माओवादी केन्द्रले बुधबारदेखि प्रदेश तहमा छलफल सुरु
सहयात्रा टिभी
काठमाडौं । भदौ ५, नेकपा माओवादी केन्द्रले बुधबारदेखि प्रदेश तहमा छलफल सुरु गरेको छ ।
सम्बन्धित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरु सम्मिलित प्रदेश बैठक बागमतीबाट सुरु भएको हो । बागमतीको बैठक बुधबार र बिहीबार चल्नेछ ।
यो बैठकमा पार्टीको समीक्षा र भावी कार्यक्रमबारे छलफल हुनेछ । पार्टी कार्यक्रमबारे छलफल गर्नेगरी यसअघि माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक बसेको थियो ।
स्थायी समितिले प्रदेश तहमा छलफल गरी सुझाव संकलन गर्ने निर्णय गरेको थियो । जसअनुसार बुधबारबाट प्रदेश तहको छलफल सुरु भएको हो ।