नेप्से ३०१८ अंकसम्म पुगेर फर्कियो

सहयात्रा टिभी

काठमाडौं । भदौ ६, साता कारोबारको अन्तिम दिन पनि सेयर बजारमा उच्च उतारचढाव देखियो ।

दिउँसो १२ :४६ बजे बजार परिसूचक नेप्से ३०१८ अंकसम्म पुगे पनि ३ हजारमाथि टिक्न सकेन । अन्ततः बजार अंकमा रहेर बन्द भयो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक जम्मा ६.०१ अंक बढेको हो ।

कारोबार रकममा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन १८ अर्ब ९० करोडको कारोबार भएकोमा यस दिन १९ अर्ब १६ करोडको भयो । १३२ कम्पनीको मूल्य बढ्दा १०९ को घट्यो भने ३ को स्थिर रह्यो ।

 

 

प्रकाशित : 22 August, 2024

प्रतिक्रिया दिनुहोस्