कोशीमा कांग्रेसले ५ मन्त्रालयमा दाबी गर्ने आन्तरिक सहमति

सहयात्रा टिभी

काठमाडौँ । भदौ ७, कोशी प्रदेशमा नेपाली कांग्रेसले पार्टीको आन्तरिक गुटगत लडाइँ व्यवस्थापन गर्न ५ मन्त्रालयमा दाबी गर्ने भएको छ ।

 

४ मन्त्रालयसहित सरकारमा सहभागी हुने सहमति गरे पनि कांग्रेसले मुख्यमन्त्रीसँग थप एक मन्त्रालय पनि माग्ने तयारी गरेको हो ।

सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला पक्षले २/२ र कृष्णप्रसाद सिटौला पक्षले एक मन्त्रालय पाउने गरी ५ मन्त्रालय बाँडफाँटको आन्तरिक सहमति भएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ ।

पार्टीभित्रै आन्तरिक भागबण्डा नमिल्दा हालसम्म कांग्रेस सरकारमा सहभागी हुन सकेको छैन । नेपाली कांग्रेस कोशी प्रदेश प्रमुख सचेतक गोपाल तामाङले पनि आन्तरिक छलफलपछि सरकारमा सहभागिताको विषय टुंगो लागेको बताए ।

कांग्रेसको आन्तरिक भाग मिलाएर अनुसारको व्यवस्थापनका लागि कोशीमा मन्त्रालय विभाजन गर्नुपर्छ । तर मन्त्रालय विभाजनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्की तयार छैनन् ।

मन्त्रालय विभाजन नगरे कांग्रेसलाई सहमतिभन्दा एउटा बढी मन्त्रालय दिनुपर्ने हुन्छ । किनकी ११ साउनमा कांग्रेस एमालेबीच कांग्रेसले ४ र एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय लिने सहमति भएको थियो ।

 

 

प्रकाशित : 23 August, 2024

प्रतिक्रिया दिनुहोस्