रवि लामिछानेसँगको सोधपुछको समय एक घण्टा सर्‍यो

सहयात्रा टिभी

काठमाडौँ । भदौ ७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछको समय एक घण्टा सरेको छ ।

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले लामिछानेसँग शुक्रबार दिउँसो २ बजे सोधपुछ गर्ने गरी बोलाएको थियो ।

तर, लामिछानेभन्दा अगाडि बोलाइएका छविलाल जोशीसँग सोधपुछ लम्बिएको छ । यहीकारण लामिछानेसँगको सोधपुछको समय एक घण्टा सारिएको समिति सचिवालयले जनाएको छ ।

छविलाल जोशी गोरखा मिडिया नेटवर्कका सञ्चालक हुन् । राजनीतिमा आउनु अगाडि लामिछाने गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक थिए ।

 

 

प्रकाशित : 23 August, 2024

प्रतिक्रिया दिनुहोस्