बंगलादेशले नेपालविरुद्ध तीन गोलको अग्रता कायम

सहयात्रा टिभी

काठमाडौं । भदौ १२, साफ यू–२० च्याम्पियनसीपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध तीन  गोलको  अग्रता लिएको छ ।

खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरेका हुन् । डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरेका हुन् ।

त्यसअघि दुई गोल भने मिराजुलले गरेका थिए । उनले पहिलो गाले पहिलो हाफको इन्जुरी टाइममा मिराजुलले नै पहिलो गोल गरेका थिए । डि बक्स बाहिरबाट पाएको फ्रिकिकमा उनले सोझै गोल गरेका हुन् । दोस्रो गोल भने ५५ औं मिनेटमा भयो । उनले गोललाइनबाट हेड गरेका थिए ।

 

 

प्रकाशित : 28 August, 2024

प्रतिक्रिया दिनुहोस्