मनाङमा ४.१ रेक्टरस्केलको भूकम्प

सहयात्रा टिभी

मनाङ । भदौ १५, मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर ४.३ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

 

प्रकाशित : 31 August, 2024

प्रतिक्रिया दिनुहोस्