प्रकाश तामाङले घरमै पाए नागरिकता
सहयात्रा टिभी
काठमाडौँ । भदौ १६, परिवारबाट ३५ वर्ष बढी हराएका भोजपुरका प्रकाश तामाङले नागरिकताको प्रमाणपत्र पाएका छन् ।
षडानन्द नगरपालिका–१० स्थित प्रकाशको घरमै पुगेर दिङ्ला इलाका प्रशासन कार्यालयका प्रमुख प्रशासकीय विनोद ज्ञवालीले नागरिकताको प्रमाणपत्र दिएका हुन् ।
उनको नागरिकता बनाउन षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, नगरपालिकाका कार्यकारी अधिकृत मोहन चापागाईं र वडाध्यक्ष प्रेम दोजी शेर्पाले समन्वय गरेका थिए ।
प्रकाशको नागरिकताबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो दिएका थिए । तत्कालीन गृह सचिव एकनारायण अर्यालसँग प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकताबारे कुरा गरेका थिए ।
प्रधानमन्त्रीकै चासो हुँदा वडाध्यक्ष, मेयर र दिङ्ला इलाका प्रशासन कार्यालयको समन्वयमा घरमै प्रकाशले नागरिकताको प्रमाणपत्र पाएका हुन् ।