सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टरस्केलको भूकम्प

सहयात्रा टिभी

काठमाडौं ।भदौ १८, मंगलबार बिहानै सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पको धक्काको महसुस सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौं उपत्यकासम्म भएको थियो।

प्रकाशित : 3 September, 2024

प्रतिक्रिया दिनुहोस्