मुग्लिन–नागढुंगा सडकखण्डमा भारतीय नम्बरको ट्रक र कार ठोक्किए

सहयात्रा टिभी

काठमाडौं । भदौ १८, मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन् ।

 

धादिङ प्रहरीका अनुसार दुर्घटनामा प्रदेश ३ ०१–०२४–च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रक केहीबेर अघि ठोक्किएका हुन् ।

दुर्घटनामा कार चालक घाइते भएका छन् । उनको अवस्था भने थाहा हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनामा मानवीय क्षति नभएको र अरु विस्तृत विवरण संकलनको काम भइरहेको जनाएको छ ।

दुर्घटनास्थल धादिङ र चितवनको सिमानामा पर्दछ ।

 

 

प्रकाशित : 3 September, 2024

प्रतिक्रिया दिनुहोस्