काठमाडौंका दुई फरक ठाउँमा दुई वटा शव फेला

सहयात्रा टिभी

काठमाडौं । भदौ २५, काठमाडौंका दुई फरक ठाउँमा दुई वटा शव फेला परेको जानकारी प्राप्त भएको छ ।

काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेस्ट हाउसमा एक जना र कीर्तिपुरमा एक जना गरी दुई जनाको शव भेटिएको हो ।

निलगिरी गेस्टहाउमा सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशी कुमार लाल कर्णको शव भेटिएको छ । उनी गेस्टहाउसभित्रै मृत फेला परेका हुन् ।

त्यसैगरी कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित बाग्मती नदी किनार छेउमा नामथर तथा वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित : 10 September, 2024

प्रतिक्रिया दिनुहोस्