केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय सभा अन्तर्गतका दुई संसदीय समिति सभापति निर्वाचित

सहयात्रा टिभी

काठमाडौं । भदौ ३१, राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित भएका छन् ।

सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुन् ।

यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र तुलसा उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गरे ।

सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने माया प्रसादको एकल उम्मेदवारी परेको थियो ।

 

 

 

प्रकाशित : 16 September, 2024

प्रतिक्रिया दिनुहोस्