केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नदी किनाराको मापदण्ड सर्वोच्चको फैसला विरुद्ध प्रदर्शन

सहयात्रा टिभी

काठमाडौं । भदौ ३१, काठमाडौं उपत्यकाभित्रका नदी किनाराबाट दायाँबायाँ थप २० मिटरभित्र नयाँ संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसला खारेजीको माग गर्दै सोमबार प्रदर्शन भएको छ।

विभिन्न १० वटा संस्थाले सर्वोच्चले तोकेको मापदण्ड खारेजीको मागसहित कुपन्डोलबाट त्रिपुरेश्वरसम्म प्रदर्शन तथा र्‍याली गरेका हुन्।

उनीहरूले सर्वोच्चको फैसलामा सरकार पुनरवलोकनमा जानुपर्ने पनि बताएका छन्।

गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, राष्ट्रिय मुक्ति क्रान्ति काठमाडौं उपत्यका (स्वनिगः) विशेष व्यूरो, पहिचानवादी मोर्चा, दलितको लागि दलित अभियान, यल नेवास् समाज, भ्रष्टाचारविरुद्ध अभियान, सेभ नेपाः भ्याली, सहकारी पिडित संघर्ष समिति र हलिं नेवास् गुथिको आयोजनामा प्रदर्शन गरिएको हो।

 

प्रकाशित : 16 September, 2024

प्रतिक्रिया दिनुहोस्