लिग २: ब्याटिङ नचल्दा क्यानडासँग फराकिलाे हार
काठमाडौं । असोज १, विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग १०३ रनकाे फराकिलाे अन्तरले पराजित भएको छ । किंग सिटीमन भएको खेलमा नेपालकाे ब्याटिङ नचल्दा नतिजा सुम्पिनुपर्याे ।
टस जितेको नेपालले क्यानडालाई पहिले ब्याटिङकाे निम्ताे दिएकाे थियाे । कठिन पीचमा नेपालले कसिलाे बलिङ गरे पनि संयमित भएर खेल्दै क्षेत्रीय क्यानडाले २५३ रनकाे मजबुत स्काेर खडा गर्न सफल भयाे । जवाफी ब्याटिङमा नेपाल १५० रनमै अलआउट भएको छ । क्यानडाका अलराउन्डर डिलाेन हेलिङ्गरले ५ विकेट लिँदै नेपालकाे ब्याटिङ धराशयी बनाएका थिए । माथिल्लो क्रमका ब्याट्सम्यानहरूले उल्लेख्य रन बनाउन सकेनन् । तल्लाे क्रमले केही प्रतिरोध गरे पनि त्याे पर्याप्त भएन ।
नेपालका लागि करण केसीले २४ बलमा २७ रन र सन्दीप लामिछानेले १६ बलमा २२ रन बनाएका थिए । दुवैले २-२ छक्का प्रहार गरे । नेपालले ब्याटिङमा खराब सुरूवात गरेकाे थियाे । कुशल भुर्तेल १० बलमा १ रन बनाएर आउट भए । त्यसपछि आसिफ शेख ३० बलमा २० रन बनाएर फर्किए भने भीम सार्कीले ३०बलमा १८ रन जाेडे । कप्तान राेहित पाैडेलले ५ रन, कुशल मल्लले १२ रन, दिपेन्द्रसिंह ऐरीले र८ रन, साेमपाल कामी छ रन बनाएर आउट भए ।
बलिङतर्फ नेपालका ललित राजवंशी र साेमपाल कामीले २-२ विकेट लिएका थिए । क्यानडाका कप्तान निकाेलस किर्टाेनले विस्फाेटक ब्याटिङ गर्दै ४४ बलमा ७३ रन बनाएका थिए । एक दिवसीयमा नेपाल ब्यानाडासँग पहिलाेपटक पराजित भएको हाे । यसअघि ३ खेलमा नेपालले शतप्रतिशत नतिजा निकालेकाे थियाे ।