केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शेयर बजार परिसूचक नेप्से आज चार अङ्कले घट्यो

सहयात्रा टिभी

काठमाडौं । असोज २, शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज चार अङ्कले घटेर दुई हजार पाँच सय ७६ दशमलव ७६ विन्दुमा झरेको छ ।

अघिल्लो दिनको तुलनामा परिसूचक ४ अंक घटेपछि २५७६ मा कायम भएको छ । बजारमा कारोबार रकममा पनि उच्च गिरावट देखिएको छ ।

अघिल्लो दिन ७ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६६ करोडमै खुम्चियो । कारोबार रकम घट्नुले अब बजारमा बिक्री गर्नेहरू संयम हुन थालेको जनाउँछ । ७४ कम्पनीको मूल्य बढ्दा १६३ को घट्यो भने ७ को स्थिर रह्यो ।

यस दिन दुई सेक्टर मात्रै बढे । बैंकिङ समूह ११ अंक तथा निर्जीवन बीमा २० अंक बढे । अरु सबै समूहगत सूचक घटेका छन् ।

भोलि बिहीबार संविधान दिवसका कारण परेको सार्वजनिक विदाले कारोबार बन्द रहनेछ । अब आइतबार मात्रै कारोबार खुल्ने छ ।

 

प्रकाशित : 18 September, 2024

प्रतिक्रिया दिनुहोस्