केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नदीकिनारमा थप २० मिटर नबढाउन माग गर्दै प्रदर्शन

सहयात्रा टिभी

काठमाडौं । असोज ३, वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाको विरोधमा काठमाडौं र ललितपुरका बासिन्दाले प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघरमा भेला भएका उनीहरुले मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन भन्ने प्रदर्शन गरेका हुन् ।

खोला नदीको नयाँ मापदण्ड खारेज गर्नुपर्ने, नदी किनार वरपरका बासिन्दामाथिको धरपकड रोक्नुपर्ने, निजी घरजग्गामा अतिक्रमण बन्द गर्नुपर्ने उनीहरुको माग छ ।

सर्वोच्च अदालतले नदी संरक्षणसम्बन्धी एक मुद्दाको फैसलामा वाग्मती, विष्णुमतीलगायतका नदीहरुमा हाल २० मिटर मात्र खुला क्षेत्र रहेकामा थप २० मिटर राख्नुपर्ने आदेश दिएको थियो । उक्त फैसला कार्यान्वयनमा गएमा आफूहरुको उठीबास हुने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

 

 

 

 

 

प्रकाशित : 19 September, 2024

प्रतिक्रिया दिनुहोस्